AarthikBikash
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • राजनीति
  • राष्ट्रपति पौडेलका राजनीतिक सल्लाहकार थापाले दिए पदबाट राजीनामा

राष्ट्रपति पौडेलका राजनीतिक सल्लाहकार थापाले दिए पदबाट राजीनामा

  • शुक्रबार, पुस ४, २०८२
राष्ट्रपति पौडेलका राजनीतिक सल्लाहकार थापाले दिए पदबाट राजीनामा

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सुनिलबहादुर थापाले राजीनामा दिएका छन्। राष्ट्रपति पौडेल सचिवालय स्रोतका अनुसार उनले राजीनामा दिएका हुन्। उनी आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको नेपाली कांग्रेसबाट उमेदवार बन्नका लागि राजीनामा दिएको बताइएको छ।

थापा २०७९ को निर्वाचनमा धनकुटाबाट एमालेका राजेन्द्र राईसँग पराजित भएका थिए । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सुनिल त्यसपछि राष्ट्रपति पौडेलको सल्लाहकार बनेका थिए । सुनिलबहादुर थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भई कांग्रेस राजनीतिमा होमिएका थिए ।

सम्बन्धित समाचार