काठमाडौं-मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन्।
मुख्यमन्त्री यादवले आज प्रदेश सभा सचिवालयलाई पत्र लेख्दै विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।
पत्रमार्फत उनले शुक्रबार अपराह्न ४ बजे विश्वासको मत लिने समय निर्धारण गर्न अनुरोध गरेका छन् ।
प्रदेश सभा सचिवालयले मुख्यमन्त्रीको अनुरोधअनुसार आवश्यक तयारी अघि बढाएको जनाएको छ ।
गत मङ्सिर १९ गते ६ दलको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।