AarthikBikash
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • राजनीति
  • एमाले महाधिवेशन: मतदान सकियो, केही बेरमा गणना सुरू हुने

एमाले महाधिवेशन: मतदान सकियो, केही बेरमा गणना सुरू हुने

  • शुक्रबार, पुस ४, २०८२
एमाले महाधिवेशन: मतदान सकियो, केही बेरमा गणना सुरू हुने

काठमाडौं – नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। बुधबार बिहानबाट भएको मतदान भर्खरै सकिएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले २२६३ जना महाधिवेशन प्रतिनिधिमध्ये २२२७ मतदाताले मतदान गरेको जानकारी दिए। मतदानमा ३६ जना प्रतिनिधि अनुपस्थित भए।

महाधिवेशनमा एमालेमा केपीशर्मा ओली र ईश्वर पोखरेल प्यानलबीच प्रतिस्पर्धा भएको थियो। महासचिवमा ओली प्यानलबाट शंकर पोखरेल र ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डेको उम्मेदवार छन्।

ओली समूहबाट उपाध्यक्षमा रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तको उम्मेदवारी परेको छ। उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी परेका छन्।
त्यस्तै सचिवमा शेरधन राई, हिक्मतकुमार कार्की, भानुभक्त ढकाल, महेश बस्नेत, डा. राजन भट्टराई, खगराज अधिकारी, छविलाल विश्वकर्मा, पद्माकुमारी अर्याल र यामलाल कँडेलको उम्मेदवारी परेको छ।

ईश्वर पोखरेल समूहबाट गोकर्ण विष्ट, बृन्दा पाण्डे, अरुण नेपाल र टंकप्रसाद कार्की र पर्शुराममेघी गुरुङ उपाध्यक्षमा उम्मेदवार भएका छन्। उपमहासचिवमा योगेश भट्टराई, आनन्दप्रसाद पोखरेल र बैजनाथ चौधरी छ। सचिवमा विनोद ढकाल, अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र कृष्णगोपाल श्रेष्ठ उम्मेदवार छन्।

सम्बन्धित समाचार