AarthikBikash
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • राजनीति
  • देशको प्रशासनिक प्रणाली सुस्त हुनाले काम रोकियो: शिक्षामन्त्री पुन

देशको प्रशासनिक प्रणाली सुस्त हुनाले काम रोकियो: शिक्षामन्त्री पुन

  • बिहिबार, पुस ३, २०८२
देशको प्रशासनिक प्रणाली सुस्त हुनाले काम रोकियो: शिक्षामन्त्री पुन

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक प्रणालीमा असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । आफ्नो छोटो कार्यकालमा देशको हितका लागि काम अगाडि बढाउन खोज्दा उनले प्रशासनिक सुस्तता र कर्मचारीतन्त्रका कारण काम नहुँदा भोगेका अनुभवहरू सार्वजनिक गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्- ‘प्रस्टसँग सोझै भन्नु पर्दा नेपालको प्रशासनिक काम गर्ने तरिका र प्रक्रिया कछुवाको गति भन्दा पनि धेरै नै कम रहेछ । त्यही कछुवा गतिलाई पनि अझै कृपावादी पापी समूहहरूले बिच बिचमा अल्झ्याएर अगाडि बढ्न नदिने रहेछन्। अनि कसरी हुन्छ त देशमा सुशासन, प्रगति र समृद्धि रु छोटो कार्यकालमा देशको हितमा केही काम अगाडि बढाउन कोसिस गर्दाको अनुभव हो यो ।’ मन्त्री पुनले सुस्त प्रशासनिक गति मात्र होइन, प्रणालीभित्र रहेका स्वार्थी समूहहरूले पनि काम ढिलो गराएको आरोप लगाएका छन् ।

सम्बन्धित समाचार