काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेका छन् ।
शुक्रबार संविधानको धारा ११४ को उपधारा १ बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी भएको हो ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले फागुन २१ को निर्वाचनलाई लक्षित गरेर अध्यादेशका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सोही आधारमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ सम्बन्धी अध्यादेश जारी गरेका हुन् ।
२०७८ को जनगणनाअनुसार दलित, आदिवासी, खस आर्य, मधेशी, थारु, मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसूची १ संशोधन गर्न सरकारले यो अध्यादेश ल्याएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
फागुन २१ को निर्वाचन गराउने म्याण्डेट पाएको वर्तमान अन्तरिम सरकारले निर्वाचन सहजताका लागि विभिन्न अध्यादेश जारी भइसकेका छन् ।