AarthikBikash
शुक्रबार, फाल्गुन २९, २०८२
  • होमपेज
  • राजनीति
  • मधेस प्रदेशमा सभामुखका लागि उम्मेदवारको नाम टुङ्गो लाग्यो

मधेस प्रदेशमा सभामुखका लागि उम्मेदवारको नाम टुङ्गो लाग्यो

  • शनिबार, पुस ५, २०८२
मधेस प्रदेशमा सभामुखका लागि उम्मेदवारको नाम टुङ्गो लाग्यो

जनकपुरधाम-मधेस प्रदेशको सभामुखमा जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवको नाम टुङ्गो लगाइएको छ।

सात राजनीतिक दलको आज बसेको बैठकले उनको नामको टुङ्गो लगाएको हो ।

मधेस प्रदेशमा आज सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय रहेको छ। मधेस प्रदेश सभा सचिवालयले ३ बजेसम्म उम्मेदवारी दर्ता गराउन सकिने समय कार्यतालिका सार्वजनिक गरेको छ।

समय कार्यतालिका सार्वजनिक गरेपछि दलहरूको बसेको बैठकले यादवको नाउँमा टुङ्गो लगाएको हो। आज दिउसो करिब १ बजे उनले उम्मेदवारी दर्ता गराउनेछन्।

मधेस प्रदेश सभाका सभामुख रहेका रामचन्द्र मण्डललाई पदआश्रम नगरेको भन्दै सभामुख पदबाट हटाइएपछि रिक्त रहेको सभामुखको लागि भोलि निर्वाचन हुँदैछ।

सम्बन्धित समाचार