AarthikBikash
आइतवार, माघ २६, २०८२
  • होमपेज
  • राजनीति
  • रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, सभापति लामिछानेले सम्बोधन गर्नेरास्वपा केन्द्रीय समितिको बैठक बस्दै, सभापति लामिछानेले सम्बोधन गर्ने

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, सभापति लामिछानेले सम्बोधन गर्नेरास्वपा केन्द्रीय समितिको बैठक बस्दै, सभापति लामिछानेले सम्बोधन गर्ने

  • आइतवार, पुस ६, २०८२
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, सभापति लामिछानेले सम्बोधन गर्नेरास्वपा केन्द्रीय समितिको बैठक बस्दै, सभापति लामिछानेले सम्बोधन गर्ने

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज केन्द्रीय समितिको बैठक बस्दै छ ।

सभापति लामिछानेको अध्यक्षतामा आज रास्वपाको केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

अपराह्न ४ बजे बस लागेको केन्द्रीय समिती बैठकमा सभापति लामिछानेले सम्बोधन गर्ने तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

यस्तै बैठकअघि पार्टी नेता कार्यकर्ताले सभापति लामिछानेलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशमा शुक्रबार धरौटीमा रिहा भएपछि लामिछानेले भोलिपल्ट शनिबार चितवनमा पार्टीको सभालाई सम्बोधन गरेका थिए ।

काठमाडौं फर्किएपछि उनले जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूसँग भेटघाट पनि गरेका थिए ।

सहकारी ठगी प्रकरणमा जेल चलान भएपछि डोलप्रसाद अर्याल रास्वपाको कार्यवाहक सभापति थिए ।

रास्वपाले उनी पार्टी गतिविधिमा पूर्ववत् अवस्थामै सक्रिय हुने बताएको छ। सभापति लामिछाने साढे ८ महिनापछि आज पार्टी कार्यालय प्रवेश गर्दै छन्।

सम्बन्धित समाचार