AarthikBikash
आइतवार, साउन ३१, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेस सभापति देउवा भेट्न महाराजगञ्ज पुगे एमाले अध्यक्ष ओली

कांग्रेस सभापति देउवा भेट्न महाराजगञ्ज पुगे एमाले अध्यक्ष ओली

  • सोमवार, पुस ७, २०८२
कांग्रेस सभापति देउवा भेट्न महाराजगञ्ज पुगे एमाले अध्यक्ष ओली

काठमाडौं-जेनजी आन्दोलनपछि राजनीतिक सम्वाद बाहिर रहेका दलका नेता भेटवार्तामा जुट्न थालेका छन् ।

यसैबीच सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न महाराजगञ्ज पुगेका छन् ।

ओली महासचिव शंकर पोखरेललाई साथै लिएर देउवा निवास महाराजगञ्ज पुगेका हुन् ।

कांग्रेस र एमालेका बहुमत अर्थात् १३९ जना सांसदले भदौ २७ गते विघटित प्रतिनिधिसभा फर्काउन सर्वोच्च अदालतमा रिट निवेदन दिँदै गर्दा दुई शीर्ष नेताको भेटलाई अर्थपूर्ण मानिएको छ।

यस्तै दुई नेताबीच पछिल्लो राजनीतिक गतिविधि, पार्टीभित्र र बाहिरका विषय तथा निर्वाचनसँग जोडिएका विषयमा छलफल हुने बताइएको छ ।

जेनजी आन्दोलनपछि देउवा र ओलीको यो दोस्रो भेट हो। यसअघि १९ मंसिर गते पनि ओली र देउवाले भेटर्वाता गरेका थिए ।

सम्बन्धित समाचार