काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच पार्टी एकता भएको छ।
बुधबार राष्ट्रिय सभा गृहमा अयोजित एकता घोषणा कार्यक्रममा दुवै पार्टीका अध्यक्षहरू राजेन्द्र लिङदेन र कमल थापाले संयुक्त रूपमा एकता घोषणापत्र सार्वजनिक गरेका हुन्।
यसअघि लिङ्देन र थापाले गत ९ पुसमा एकता घोषणा गर्दै सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
एकता पश्चात् पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन रहेका छन् । भने पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी, चुनाव चिन्ह ‘हलो’ र झण्डा साविककै कायम भएको छ।
पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए ।
२०७८ को मंसिरमा भएको राप्रपाको महाधिवेशनमा थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई पराजित गराएको आरोप लगाएका थिए ।
पार्टीको चुनावमा अध्यक्षमा पराजित भएपछि राप्रपा छाडेर राप्रपा नेपाल गठन गरेका थापा अहिले लिङ्देनलाई नै पार्टी अध्यक्ष स्वीकार गर्दै राप्रपामा फर्किएका हुन् ।
थापाले २०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए ।
यस्तो छ सहमति पत्र
