काठमाडौं-अनसनरत कमल भुसाल (डा. निकोलस भुसाल) पक्षले आज प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्दैछ ।
बिहीबार सरकारपक्षसँग भएको वार्ता निष्कर्षविहीन भएपछि प्रधानमन्त्री कार्कीसँग वार्ता गर्ने भएको हो ।
सरकारी वार्ता टोलीको पक्षबाट भुसालका मुद्दाका बारेमा अध्ययन गरी आज सम्म जवाफ दिने र त्यसपछि प्रधानमन्त्रीसँग वार्ता गर्ने बिहीबारको वार्तामा सहमति भएको थियो ।
सरकारले भुसालसँग वार्ता गर्न प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा वार्ता समिति गठन गरेर बिहीबार नै वार्ता गरेको थियो ।