AarthikBikash
शुक्रबार, पुस १८, २०८२
  • होमपेज
  • राजनीति
  • देउवा र प्रचण्डसँग जाँचबुझ आयोगले माग्यो लिखित जवाफ

देउवा र प्रचण्डसँग जाँचबुझ आयोगले माग्यो लिखित जवाफ

  • शुक्रबार, पुस १८, २०८२
देउवा र प्रचण्डसँग जाँचबुझ आयोगले माग्यो लिखित जवाफ

काठमाडौं – जेनजी प्रदर्शनको घटना अध्ययन गर्न गठित जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा ) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न पठाएको छ ।

१९ जना किशोरहरूको ज्यान जानेगरी भदौ २३ गते भएको घटनाबारे जाँचबुझ गरिरहेको आयोगले उनीहरूलाई बयानकै शैलीमा प्रश्न पठाएको स्रोतले बतायो ।

न्यायाधिश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानमा बोलाउँदै पत्र लेख्ने तयारी गरिरहेको छ । शुक्रवार साँझसम्म ओलीलाई बयानमा उपस्थित हुन पत्राचार गरिने स्रोतले जनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उपत्यका छाड्न नपाउने र विदेश भ्रमणमा रोक लगाउने निर्णय कायमै छ ।

आयोगले भदौ २३ र २४ गतेको आन्दोलनको समयमा तत्कालीन प्रशासनिक र प्रहरी प्रशासनका प्रमुख र प्रहरी अधिकारीसँग बयान सकेपछि राजनीतिक नेतृत्वसँग बयान लिन तयारीमा लागेको छ ।

 

सम्बन्धित समाचार