AarthikBikash
शुक्रबार, पुस १८, २०८२
  • होमपेज
  • राजनीति
  • निकास निकाल्छु, पार्टी फुट्न दिन्न : देउवा

निकास निकाल्छु, पार्टी फुट्न दिन्न : देउवा

  • शुक्रबार, पुस १८, २०८२
निकास निकाल्छु, पार्टी फुट्न दिन्न : देउवा

काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफू निकट २५ केन्द्रीय सदस्यसँगको भेटमा उनले विशेष महाधिवेशनको मागका कारण पार्टी फुट्ने अवस्था आउन नदिने र संवादमार्फत निकास निकाल्ने प्रयास गरिरहेको बताएका हुन् ।

शुक्रबार बिहान १० बजे सभापति देउवा निवासमा भएको भेटमा उनीनिकट केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनको मागले पार्टी विभाजनतर्फ जान सक्ने खतरा औँल्याउँदै त्यसलाई रोक्न सभापतिको नेतृत्वदायी पहल आवश्यक रहेको बताएका थिए ।

भेटमा सहभागी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले विषम परिस्थितिमा पार्टी जोगाउन सभापतिसँग आग्रह गरिएको जानकारी दिइन् ।

‘नियमित महाधिवेशन गरेर विशेष महाधिवेशनको माग सम्बोधन गर्नुपर्छ भनिए पनि अहिलेसम्म स्पष्ट परिपत्र आएको छैन,’ संग्रौलाले भनिन्, ‘यो परिस्थिति वार्ता र संवादबाट समाधान गरेर पार्टीलाई जोगाउनुपर्नेमा हाम्रो जोड छ।’

जवाफमा सभापति देउवाले विशेष महाधिवेशन हुन नदिने र त्यसले पार्टी विभाजनतर्फ लैजान सक्ने जोखिमप्रति आफू सजग रहेको स्पष्ट पार्दै कुनै पनि हालतमा कांग्रेस फुट्न नदिने प्रतिबद्धता जनाएका संग्रौलाले बताइन् ।

सम्बन्धित समाचार