AarthikBikash
सोमवार, फाल्गुन ११, २०८२
  • होमपेज
  • राजनीति
  • रास्वपाको बृहत्तर एकता घोषणा सभा भोलि

रास्वपाको बृहत्तर एकता घोषणा सभा भोलि

  • आइतवार, पुस २०, २०८२
रास्वपाको बृहत्तर एकता घोषणा सभा भोलि

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि सोमबार बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ।

रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार भोलि दिउँसो १ बजे राष्ट्रियसभा गृहमा एकताको औपचारिक घोषणा कार्यक्रम आयोजना गर्ने भएको हो ।

उक्त सभामार्फत विभिन्न शक्ति र समूहबीचको एकता प्रक्रियालाई औपचारिक रूपमा टुंग्याइने जनाइएको छ । एकता घोषणासभामा पार्टीका शीर्ष नेता, जनप्रतिनिधि तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

यसअघि पुस १३ र १४ गते रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह तथा उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो ।

भोलि हुने घोषणासभाबाट सो एकता प्रक्रियाले पूर्णता पाउने र आगामी दिनमा पार्टीको राजनीतिक कार्यदिशा तथा रणनीतिबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ ।

सम्बन्धित समाचार