AarthikBikash
आइतवार, माघ १२, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • रवि लामिछानेको मुद्दा फिर्ताको निर्णय विरुद्धको रिटमा सुनुवाइ हुँदै

रवि लामिछानेको मुद्दा फिर्ताको निर्णय विरुद्धको रिटमा सुनुवाइ हुँदै

  • आइतवार, माघ १२, २०८२
रवि लामिछानेको मुद्दा फिर्ताको निर्णय विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिट सुनुवाइ लागि पेसी तोकिएको छ ।

महान्यायाधिवक्ता सविता भण्डारीले २०८२ पुस ३० गते लामिछानेसहित सहकारी ठगी प्रकरणमा जोडिएकाविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा ‘संगठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’को दाबी कायम नरहने गरी अभियोग पत्र संशोधन गर्ने निर्णय गरेकी थिइन् । तर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई ‘प्रथम दृष्टिमै गैरकानुनी, बदनियतपूर्ण र स्वेच्छाचारी’ भन्दै बदर गर्न माग गर्दैसर्वोच्च अदालतमा  रिट दायर गरेको थियो ।

यसअघि न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले मंगलबार महान्यायाधिवक्ता कार्यालयसँग लिखित जवाफ मागेको थियो । लिखित जवाफ आएसँगै सर्वोच्चले पेसी तोकेर सुनुवाइ हुन लागेको हो । उकत रिट सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ हुँदैछ ।

सम्बन्धित समाचार