बर्दिया-राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बर्दिया पुगेका छन् ।
झापा लगायतका पूर्वी जिल्लाहरुमा चुनाव प्रचारपछि बालेन सुदूरपश्चिम ओर्लिएका हुन् ।
सोमबार बाँकेको नेपालगञ्ज पुगेका बालेन केही दिन सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा पुग्नेछन् । बालेन नेपालगञ्ज पुग्दा ठूलो भीड देखिएको छ । बालेनलाई रास्वपाका नेता कार्यकर्ताहरुले नेपालगञ्जमा भव्य स्वागत गरेका हुन् ।
बालेन शाह बर्दियाको बाँसगढी, मैनापोखर, गुलरिया, मधुवन र राजापुर हुँदै कैलालीतर्फ जाने जनाइएको छ ।
माघ ५ गते जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गरेर बालेन झापा पुगेका थिए । आगामी निर्वाचनमा झापा–५ बाट प्रतिष्पर्धाका लागि बालेनले उम्मेदवारी दिएका छन् । झापासहित पूर्वी नेपालका विभिन्न जिल्लाहरुमा पुग्दा बालेनको क्रेज देखिएको थियो ।