काठमाडौं– नेपाली कांग्रेसले पार्टीका उम्मेदवारहरुको निर्वाचनका कार्यक्रमहरु व्यवस्थित बनाउन मातहतका पार्टी निकायलाई निर्देशन दिएको छ। उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक उपसभापति विश्वप्रकाश शर्माले ७ प्रदेशका १६५ वटै निर्वाचन क्षेत्र र ७७ वटै जिल्ला सभापतिहरुलाई परिपत्र गर्दै समिति गठन गर्न निर्देशन दिएका हुन् । उनले भनेका छन्- ‘अत्यावश्यक अन्य समिति–उपसमिति मअविलम्ब गठन गरेर केन्द्रीय कार्यालयमा विवरण पठाउन आग्रह गर्दछु ।’
पार्टीका उम्मेदवारलाई जित हासिल गर्न सहज बनाउन विभिन्न १२ वटा समिति र संरचना गठन गर्न समेत निर्देशन दिइएको छ । जसमा निर्वाचन व्यवस्थापन सचिवालय, निर्वाचन परिचालन मुल समिति, निर्वाचन प्रचारप्रसार मुल समिति, वौद्धिक क्षेत्र समन्वय समिति लगायतका संरचनाहरु गठन गर्न भनिएको छ । साथै यी समिति गठन गरेर विवरण केन्द्रमा पठाउन समेत भनिएको छ।