AarthikBikash
बिहिबार, माघ १६, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • मुलपानीमा लुटेरा नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, १० जना पक्राउ

मुलपानीमा लुटेरा नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, १० जना पक्राउ

  • बिहिबार, माघ १६, २०८२
मुलपानीमा लुटेरा नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, १० जना पक्राउ

काठमाडौं– काठमाडौंमा लुटपाटमा संलग्न समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार राति काठमाडौंको मुलपानी क्षेत्रमा लुटेरा समूहका सदस्यलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । लुटपाटमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण भएपछि गोली चलाउनु परेको प्रहरीको दाबी छ । काठमाडौंका विभिन्न स्थानबाट हालसम्म १० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

तीमध्ये दुई जनालाई मुलपानी क्षेत्रमा पक्राउ गर्ने क्रममा उनीहरूले प्रहरीमाथि आक्रमण गरेका थिए । प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाइएको बताइएको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको र हाल ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेको अवस्था सामान्य रहेको बताइएको छ। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू मोटरसाइकल प्रयोग गरेर लुटपाट गर्ने समूहका सदस्य हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार