AarthikBikash
बुधबार, बैशाख ३०, २०८३
  • होमपेज
  • राजनीति
  • अर्ध वार्षिक समीक्षा: १४ प्रतिशतले घट्यो चालु आर्थिक वर्षको बजेट

अर्ध वार्षिक समीक्षा: १४ प्रतिशतले घट्यो चालु आर्थिक वर्षको बजेट

  • मङ्लबार, माघ २८, २०८२
अर्ध वार्षिक समीक्षा: १४ प्रतिशतले घट्यो चालु आर्थिक वर्षको बजेट

काठमाडौं  – सरकारले चालु आर्थिक वर्षको ६ महिनामा कुल बजेटमध्ये ६ अर्ब ९० अर्ब खर्च गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्रालयले बजेट खर्च र स्रोत परिचालनबारे जानकारी गराएको हो ।

चालु वर्षमा सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको थियो। पुस मसान्तसम्म ६ खर्च ९० अर्ब २१ करोड ७८ लाख खर्च भएको छ ।

विनियोजित रकममध्ये चालु खर्च ४१.२५ प्रतिशत, पुँजीगत खर्च १२.१२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४०.१५ प्रतिशत खर्च भएको छ । गत वर्षसँगको तुलनामा समिक्षा अवधिको समग्र खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३९ प्रतिशतले वृद्धि भएको छ ।

पुजीगत खर्च न्युन हुनाका कारण योजनाको पूर्वतयारीको अभाव, जग्गा प्राप्ति र बन क्षेत्रको उपयोगमा जटिलता र भदौ २३ र २४ को आन्दोलनका कारण भौतिक संरचनामा भएको अतिले पुँजीगत खर्च कम हुन गएको अर्थमन्त्रालयले जानकारी दिएको छ।

यस्तै अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मध्यावधि समीक्षामार्फत बजेटको आकार घटाएर १६ खर्ब ८८ अर्ब ३२ करोड ६७ लाख रुपैयाँमा झारेका छन्।

१५ जेठमा संसद्‌मा बजेट प्रस्तुत गर्दा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएका थिए। सुरुको बजेटको तुलनामा सरकारले आकार १४.०४ प्रतिशतले घटाएको छ। चालु आवमा सुरुमा विनियोजित गरिएको बजेटको ८५.९६ प्रतिशत मात्रै खर्च हुने अवस्था देखिएको भन्दै मन्त्री खनालले बजेटको आकार घटाएका हुन्।

यस आवमा चालु खर्चतर्फ ११ खर्ब २५ अर्ब ९७ करोड ९४ लाख, पुँजीगत खर्चतर्फ दुई खर्ब ४३ अर्ब ३० करोड ३४ लाख र वित्तीय व्यवस्थातर्फ तीन खर्ब १९ अर्ब चार करोड ३९ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ। ६ महिनासम्मको खर्च र राजस्व संकलनलाई आधार मानेर बजेटको आकार घटाइएको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा उल्लेख छ।

सम्बन्धित समाचार