AarthikBikash
बुधबार, फाल्गुन ६, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ट्रिपरले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु, बनेपा तनावग्रस्त

ट्रिपरले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु, बनेपा तनावग्रस्त

  • बुधबार, फाल्गुन ६, २०८२
ट्रिपरले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु, बनेपा तनावग्रस्त

काठमाडौं– काभ्रेको बनेपा बजार, दूरसञ्चार नजिकै बुधबार बिहानै ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएपछि बनेपा तनावग्रस्त भएको छ । मृतक पुरुष हुन्, अन्य पहिचान खुलेको छैन । बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको ट्रिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको हो । मृतकलाई प्रहरीले सिर मेमोरियल अस्पताल लगेको छ । सर्वसाधारणले टि«परमा आगो लगाइदिएका छन् । चालक फरार छन् । स्थानीयको विरोधले यातायात अवरुद्ध भएको छ ।

सम्बन्धित समाचार