AarthikBikash
शनिबार, फाल्गुन ९, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • दुई मोटरसाइकल ठोक्किँदा तीनको मृत्यु

दुई मोटरसाइकल ठोक्किँदा तीनको मृत्यु

  • शनिबार, फाल्गुन ९, २०८२
दुई मोटरसाइकल ठोक्किँदा तीनको मृत्यु

धनगढी – कैलालीमा शुक्रबार साँझ भएको भीषण सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिका–४ वनदेवी नजिक सुपप्र ०१००९ प ७५८१ र सुपप्र ०१००१ प ३१८७ नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा गौरीगङ्गा नगरपालिका–१ का २५ वर्षीय योगेन्द्र शाह, धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका २२ वर्षीय हरिश ओली र अर्का एक युवकको उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार शाहको मायामेट्रो अस्पताल, ओलीको नवजीवन अस्पताल र नाम नखुलेका युवकको सेती प्रादेशिक अस्पतालमा उपचार हुँदै गर्दा ज्यान गएको हो।

दुर्घटनामा गोदावरी नगरपालिका–६ का २२ वर्षीय जीवन पाठक गम्भीर घाइते भएका छन्। उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार