AarthikBikash
शनिबार, चैत्र १४, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • केपी ओली टिचिङ अस्पतालमा भर्ना

केपी ओली टिचिङ अस्पतालमा भर्ना

  • शनिबार, चैत्र १४, २०८२
केपी ओली टिचिङ अस्पतालमा भर्ना

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । उनलाई ‘एनेक्स वान’को ५०१ नम्बर बेडमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।

आज बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएका ओलीको नेफ्रोलोजी र मुटु सम्बन्धी परीक्षण गरिएको थियो । परीक्षणपछि उनलाई मिर्गौला प्रत्यारोपण गरेका बिरामीका लागि छुट्याइएको विशेष कक्षमा सारिएको हो ।

जेनजी आन्दोलनसँग सम्बन्धित आरोपमा पक्राउ परेका ओलीलाई सार्वजनिक बिदाका कारण आइतबार मात्रै अदालत पेस गर्ने तयारी गरिएको छ ।

सम्बन्धित समाचार