AarthikBikash
शनिबार, चैत्र १४, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बाढीले बगाएर एक कर्मचारीको मृत्यु

बाढीले बगाएर एक कर्मचारीको मृत्यु

  • शनिबार, चैत्र १४, २०८२
बाढीले बगाएर एक कर्मचारीको मृत्यु

काभ्रेपलाञ्चोक – शुक्रबार साँझको बर्षापछि रोशी खोलामा आएको बाढीले बगाएर डिभिजन सडक कार्यालय भक्तपुरअन्तर्गत कार्यरत एक कर्मचारीको मृत्यु भएको छ।

बाढीले बगाएर मृत्यु हुनेमा रोशी गाउँपालिका–७ का अन्दाजी ४० वर्षका कुन्साङ तामाङ रहेका छन् ।

उक्त कार्यालयका सुपरभाइजर तामाङ रातको समयमा स्थायी रूपमा निर्माणाधीन विपी राजमार्गमा काम गर्ने व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट पाइएको इलाका प्रहरी कार्यालय मङ्गलटारले जनाएको छ।

प्रहरीकाअनुसार राति मोटरसाइकलमा सवार दुई जना खोला तर्न लाग्दा बग्न लागेपछि मोटरसाइकल छाडेर नजिकको स्काभेटरमा चढेको र उनीहरूलाई जोगाउन जाँदा तामाङलाई बाढीले बगाएको थियो।

बाढीले एक मोटरसाइकल र एक इलेक्ट्रिक गाडी  पनि बगाएको छ।

सम्बन्धित समाचार