काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत पुगेर तारेख बुझेका छन् ।
सहकारी ठगी प्रकरणको मुद्दामा उनले अदालत पुगेर बुधबार तारेख बुझेका हुन् ।
उनी केहीबेरअघि तारेख बुझेर फर्किएको अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए ।
पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा छ । लामिछाने चितवन–२ बाट निर्वाचित सांसद हुन् ।