काठमाडौं– बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले ६ देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरिएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
भारतका लागि नेपालका राजदूत डाक्टर शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका चित्रलेखा यादव, श्रीलंकाका लागि डाक्टर पूर्णबहादुर नेपाली, दक्षिण कोरियाका डाक्टर शिवमाया तुम्बाहाङ्फे, डेनमार्कका सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका राजदूत कपिल श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय भएको बताइएको छ । परराष्ट्र मन्त्रालय श्रोतका अनुसार उनीहरूलाई एक महिनाभित्र फिर्ता हुन भनिएको छ ।