AarthikBikash
बुधबार, चैत्र २५, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • निर्वाचन समीक्षाका लागि आज जनकपुर जाँदै गगन थापा

निर्वाचन समीक्षाका लागि आज जनकपुर जाँदै गगन थापा

  • बुधबार, चैत्र २५, २०८२
निर्वाचन समीक्षाका लागि आज जनकपुर जाँदै गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा प्रदेशस्तरीय निर्वाचन समीक्षात्मक कार्यक्रमका लागि आज जनकपुर जाँदै छन् । प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाअनुसार परिणाम नआएपछि पार्टीले मधेस प्रदेशबाट समीक्षा अभियान सुरु गर्न लागेको हो  । फागुन २१ को निर्वाचनमा सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहसँग पराजित भएपछि थापा आज पहिलो पटक मधेस जाँदैछन् ।

कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार प्रदेश स्तरीय चुनावी समीक्षा कार्यक्रमपछि सभापति थापा सर्लाही ४ जाने कार्यक्रम छ। कांग्रेसले मधेस प्रदेशको जनकपुपछि यही चैत २७ गते पोखरा, चैत २९ गते बुटवल, वैशाख ३ गते सुर्खेत,  वैशाख ५ गते धनगढी,  वैशाख ७ गते हेटौंडा र  वैशाख ९ गते विराटनगरमा चुनावी समीक्षा कार्यक्रम राखेको छ।

सम्बन्धित समाचार