काठमाडौं– नेकपा एमालेकी सांसद टुकाभद्र हमालले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले प्रत्यक्ष निर्वाचित र समानुपातिकतर्फबाट आएका सांसदहरूमा विभेद गरेको भन्दै आपत्ति जनाएकी छन्। आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले प्रत्यक्ष निर्वाचित सांसदहरूसँग मात्रै भेटेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् । संसद बैठकमा उनले भनिन्–‘प्रत्यक्ष निर्वाचित सांसदहरूलाई भेटेर विकास निर्माणको कुरा राख्ने अवसर दिनुभएको सुन्नमा आएको छ। तर समानुपातिकतर्फबाट आएकाहरूलाई त्यो अवसरबाट किन वञ्चित गरियो ?’