AarthikBikash
बिहिबार, बैशाख १०, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • काठमाडौंमा पुन: बढ्यो वायु प्रदूषण, विश्व सूचीमा दोस्रो

काठमाडौंमा पुन: बढ्यो वायु प्रदूषण, विश्व सूचीमा दोस्रो

  • बिहिबार, बैशाख १०, २०८३
काठमाडौंमा पुन: बढ्यो वायु प्रदूषण, विश्व सूचीमा दोस्रो

काठमाडौं – काठमाडौं उपत्यकामा पुन: वायु प्रदूषण बढ्न थालेको छ ।

वर्षात् भएसँगै सुधार देखिएको वायु गुणस्तर अचानक खस्किँदै जादा पुन: अस्वस्थ तहमा पुगेको हो ।स्वीट्जरल्यान्डस्थित अन्तर्राष्ट्रिय वायु गुणस्तर मापन संस्था आईक्यू एयरको तथ्यांकअनुसार काठमाडौं हाल विश्वकै सबैभन्दा प्रदूषित सहरमध्ये दोस्रो स्थानमा रहेको छ । सूचीमा पाकिस्तानको लाहोर पहिलो स्थानमा छ, जसको एक्यूआई २६१ रहेको देखिन्छ ।

एक्युआईका अनुसार मंगलवार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकांक आज बिहान वायु गुणस्तर सूचक एक्युआई २४७ सम्म पुगेको थियो । अहिले भने २१६ मा झरेको छ । २०१ देखि ३०० पुग्नु जनस्वास्थ्यका लागि जोखिमपूर्ण मानिन्छ ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षा नहुनु, बढ्दो सुक्खा, कृषि अवशेष जलाउने प्रवृत्ति तथा वन डढेलोका घटनाले वायु प्रदूषण बढाउन मुख्य भूमिका खेलेका छन् ।

उनले भने- ‘अहिले वर्षा नभएर सुक्खा बढ्दो अवस्थामा छ, यसले धुलो र धुवाँ वायुमण्डलमा थुप्रिन सहयोग गरेको छ । वर्षा भएमा हावामा रहेका कणहरू जमिनमा बस्छन् र प्रदूषण घट्छ, तर अहिले त्यो अवस्था छैन ।’

उनका अनुसार दाङको देउखुरी, भक्तपुर, काठमाडौंका रत्नपार्क र शंखपार्क, साथै सुर्खेतलगायत क्षेत्रमा पनि वायुको गुणस्तर अत्यन्तै खराब देखिएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित समाचार