AarthikBikash
सोमवार, बैशाख २८, २०८३
  • होमपेज
  • राजनीति
  • स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

  • सोमवार, बैशाख २८, २०८३
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन तत्काल खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अल्पकालिन आदेश दिएको हो।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय गरेको थियो ।

त्यसविरुद्ध अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित आठ विद्यार्थी संगठनहरुले संयुक्तरुपमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको थियो।

यससँगै न्यायाधीश पौडेलको एकल इजलासले अन्तरिम आदेश दिन पर्ने वा नपर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

सम्बन्धित समाचार