AarthikBikash
शनिबार, जेष्ठ २, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सप्तरीबाट १४१ किलो गाँजासहित दुई जना पक्राउ

सप्तरीबाट १४१ किलो गाँजासहित दुई जना पक्राउ

  • शनिबार, जेष्ठ २, २०८३
सप्तरीबाट १४१ किलो गाँजासहित दुई जना पक्राउ

सप्तरी – सप्तरीबाट १४१ किलो लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको खडक नगरपालिका-५ रंजितपुरबाट १४१ किलो गाँजासहित दुई जना पक्राउ हुन् ।

पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-१ बस्ने ३१ वर्षीय महाप्रसाद लिम्बु र मोरङ लेटाङ नगरपालिका-५ बस्ने ४७ वर्षीय बलबहादुर लिम्बु रहेका छन् ।

प्रहरी चौकी विसनपुरबाट खटिएको प्रहरी टोलीले धरानबाट लहानतर्फ जाँदै गरेको १ च २६६७ नम्बरको पिकअप भ्यानलाई जाँच गर्ने क्रममा फल्स बटम बनाएर लुकाएको १४ वटा पोका गाँजा फेला पारेको हो ।

उनीहरुमाथि सप्तरी प्रहरीका अनुसार सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित समाचार