काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशैभर वडा भेला आयोजना गरेको छ ।
तदर्थ समिति गठन नभएका वडाहरुमा आज भेलाको आयोजना गरिएको हो ।
आज हुने भेलाले ती वडाहरुमा तदर्थ समिति गठन गर्नेछ ।
रास्वपाले पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ ।