काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको भेला वीरेन्द्रनगरमा सुरु भएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यतामा भेला सुरु भएको हो।
नेपाली कांग्रेस कर्णाली प्रदेशको आयोजनामा नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा विषयक विचार गोष्ठी केन्द्रित छ। गोष्ठी भोलिसम्म सञ्चालन हुने जनाइएको छ। भेलालाई अहिले खड्काले पछिल्ला विकसित राजनीतिक घटनाक्रम र पार्टीका आन्तरिक विवादको ब्रिफिङ गरिरहेका छन्।
भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसहित कर्णालीबाट प्रतिनिधित्व गर्ने वर्तमान र पूर्वपदाधिकारी, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, संघीय सांसद, प्रदेश सांसद, पार्टीकातर्फबाट निर्वाचित जनप्रतिनिधिहरू सहभागी छन्।
संस्थापन पक्षलाई काउन्टर दिनको लागि देउवा पक्षले प्रदेशस्तरीय भेला थालेको हो।