काठमाडौं – नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप साहले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि भइरहेको छानबिन प्रक्रियालाई निष्पक्ष बनाउन गठित आयोगको गतिविधिमाथि निगरानीको माग राखेका छन् ।
गठित आयोगप्रतिको आशंकामा प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले उक्त आयोगमाथि निगरानीको माग राखेका हुन् ।
‘आयोगको गतिविधिमाथि निगरानी राखियोस् र पूर्व गृहमन्त्रीको सम्पत्ति उच्च स्तरीय र पारदर्शी छानबिन गरियोस्,’ सांसद साहले भने।
पूर्व गृहमन्त्रीलाई चोख्याउनेगरी गतिविधि भइरहेको शंका पनि साहले गरेका छन् ।
‘संशयको घेरामा रहेका पूर्व गृहमन्त्रीलाई चोख्याउन र बचाउनका लागि आयोग नै लागिरहेको जनस्तरमा आशंका र चर्चा छ,’ साहले थप भने।
सांसद साहले छानबिन प्रक्रियाबारे जनस्तरमा विभिन्न आशंका र टिप्पणी उठिरहेको उल्लेख गर्दै आयोगले कसैलाई उन्मुक्ति दिने वा संरक्षण गर्ने ढंगले काम गर्न नहुने धारणा राखेका छन्।