AarthikBikash
मङ्लबार, जेष्ठ ५, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कैलालीमा लागूऔषधसहित तीन स्थानबाट चारजना पक्राउ

कैलालीमा लागूऔषधसहित तीन स्थानबाट चारजना पक्राउ

  • मङ्लबार, जेष्ठ ५, २०८३
कैलालीमा लागूऔषधसहित तीन स्थानबाट चारजना पक्राउ

धनगढी – कैलालीका विभिन्न स्थानमा गरिएको छुट्टाछुट्टै प्रहरी कारबाहीमा खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित चारजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, धनगढी उपमहानगरपालिका–१३ एयरपोर्ट मोडबाट १९ वर्षीय लक्ष्मण रानालाई २ ग्राम २३० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार शंका लागेर गरिएको चेकजाँचका क्रममा उक्त लागूऔषध फेला परेको थियो ।

यसैगरी, भजनी नगरपालिका–३ कुसुमघाटबाट ७९० मिलिग्राम लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–७ का २८ वर्षीय शिव कामी र एक १७ वर्षीय किशोर रहेका छन्।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई प्रहरी चौकी जनकपुरबाट खटिएको टोलीले भे ७ प ४४० नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको जनाएको छ।

त्यस्तै, भजनी नगरपालिका–८ काडाँबाट १ ग्राम १२० मिलिग्राम लागूऔषधसहित २९ वर्षीय दिपक दमाई पक्राउ परेका छन् । उनलाई शंकास्पद अवस्थामा पैदल हिँडिरहेका बेला गरिएको चेकजाँचका क्रममा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार