AarthikBikash
शनिबार, जेष्ठ ९, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

  • शनिबार, जेष्ठ ९, २०८३
भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं – भारतमा शनिबार फेरि पेट्रोल र डिजेलको मूल्य बढेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार पेट्रोल प्रति लिटर ८७ पैसा र डिजेल प्रति लिटर ९१ पैसाले महँगो भएको हो ।

दिल्लीमा पेट्रोलको मूल्य ८७ पैसाले बढेर प्रति लिटर ९९.५१ रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य ९१ पैसाले बढेर प्रति लिटर ९२.४९ रुपैयाँ पुगेको बताइएको छ ।

मे १५ पछि मूल्य बढेको यो तेस्रो पटक हो । यो निरन्तर वृद्धि मध्य पूर्वमा जारी तनावको कारणले भएको हो । अब नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार