काठमाडौं – फिफा विश्वकप अन्तर्गत भएको रोमाञ्चक खेलमा कङ्गो डीआरले बलियो टोली पोर्चुगललाई १-१ गोलको बराबरीमा रोक्दै ऐतिहासिक अङ्क जोडेको छ।
कङ्गो डीआरका लागि विश्वकप इतिहासमै यो पहिलो गोल र पहिलो अङ्क हो। खेलमा पोर्चुगलले सुरुवाती अग्रता लिएको थियो तर त्यसलाई जोगाउन सकेन। अर्कोतर्फ, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले यसै खेलमार्फत विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्।
पोर्चुगलको सुरुवाती अग्रतास् खेलको छैटौँ मिनेटमै पेड्रो नेटोको उत्कृष्ट क्रसमा जोआओ नेभेसले हेडमार्फत गोल गर्दै पोर्चुगललाई १-० को अग्रता दिलाएका थिए।