AarthikBikash
आइतवार, साउन २४, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु, सहसेनानी घाइते

तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु, सहसेनानी घाइते

  • बिहिबार, असार ११, २०८३
तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु, सहसेनानी घाइते

काठमाडौं– कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्ट रहेका छन् ।बिहीबार बिहान जिल्लाको मोहन्याल गाउँपालिका–७ को जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा विष्ट गम्भीर घाइते भएका थिए ।त्यसपछि विष्टलाई लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका लागि लगिएको थियो ।

उपचारका क्रममा दिउँसो १२ बजेतिर हुद्दा बिष्टको मृत्यु भएको हो । सोही घटनामा नजिकै रहेका सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन् ।  अवस्था सामान्य रहे पनि जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ । उनीहरु सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएका थिए ।

सम्बन्धित समाचार