AarthikBikash
शुक्रबार, असार १२, २०८३
  • होमपेज
  • राजनीति
  • आजै दोस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधिसभा बैठक

आजै दोस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधिसभा बैठक

  • शुक्रबार, असार १२, २०८३
आजै दोस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधिसभा बैठक

काठमाडौं – प्रतिनिधि सभा बैठक फेरि सारिएको छ ।

शुक्रबार बिहान मात्रै संघीय संसद सचिवालयले शनिबार (भोलि) बिहान ११ बजे बस्नेगरी बैठक बोलाएको थियो ।

तर, विशेष कारण देखाउँदै आइतबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

यसअघि गत असार ५ गते बसेको प्रतिनिधि सभा बैठकपछि चितवनको भरतपुरमा जारी सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लाई केन्द्रित गरेर ६ दिन बैठकपछिलाई राखिएको थियो।

तर, रास्वपाको जारी महाधिवेशन लम्बिएपछि बिहीबारका लागि बोलाइएको बैठक आज दिउँसो १ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको थियो ।

आज पनि रास्वपा महाधिवेशन नसकिएपछि सभामुख डोलप्रसाद अर्यालले शनिबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेका थिए ।

आजै पुनः भोलिसम्मका लागि बैठक स्थगित गरिएकोमा पुनः विशेष कारण देखाउँदै असार १४ गतेसम्मका लागि स्थगित गरिएको हो ।

विशेष कारण भनिएपनि रास्वपाको महाधिवेशन चलिरहेका कारण बैठक स्थगित गरिएको बुझिएको छ ।

झण्डै दुई तिहाइको संख्यामा रहेका रास्वपाका सांसदहरु महाधिवेशन केन्द्रित रहेका छन् ।

सम्बन्धित समाचार