AarthikBikash
मङ्लबार, साउन १२, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा ठप्प

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा ठप्प

  • मङ्लबार, साउन १२, २०८३
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा ठप्प

काठमाडौं – आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द हुने भएका छन् ।

नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको हो ।

संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको हो ।

संघका अनुसार गत साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राम लगायतका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण गरी टाउकोमा गम्भीर चोट पुर्‍याइएको थियो र अस्पतालमा तोडफोड समेत गरिएको थियो ।

सम्बन्धित समाचार