AarthikBikash
बिहिबार, साउन १४, २०८३
  • होमपेज
  • राजनीति
  • राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

  • बिहिबार, साउन १४, २०८३
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच बिहीबार भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा सभामुख अर्यालले मुलुकको पछिल्लो राजनीतिक अवस्था, संसद्का गतिविधि तथा समसामयिक विषयबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका छन् ।

राष्ट्रपति पौडेलको सचिवालयका अनुसार भेटका क्रममा संसद्मा भइरहेका कामकारबाही, विचाराधीन विधेयकहरूको अवस्था र सदनलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।

भेटमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन संसद्को भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै संसदीय अभ्यासलाई अझ प्रभावकारी र जनमुखी बनाउनुपर्नेमा जोड दिएका छन्।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित समाचार