काठमाडौं – मुग्लिन–नारायणगढ सडकखण्डमा सोमबार दिउँसो पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन बजार नजिकै पहिरो खसेपछि सडक दुवै दिशामा सवारी आवागमन प्रभावित भएको हो।
पहिरो हटाउन दुई वटा उपकरण परिचालन गरिएको कार्यालयले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार सडक खुलाउन करिब एक घण्टा लाग्न सक्ने बताइएको छ।
यसअघि सोमबार बिहान पनि यही सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि केही समय सवारी आवागमन प्रभावित भएको थियो।
त्यसबेला पहिरो हटाएर सडक सञ्चालनमा ल्याइए पनि दिउँसो पुनः पहिरो खसेपछि सडक फेरि अवरुद्ध भएको हो।