AarthikBikash
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • राजनीति
  • गृहमन्त्रीले मधेशमा गरेको १३ बुँदे सहमतिप्रति कांग्रेसको प्रश्न, कर्फ्यु हटाउनु र सडक खोल्नु शान्ति नभएको दावी

गृहमन्त्रीले मधेशमा गरेको १३ बुँदे सहमतिप्रति कांग्रेसको प्रश्न, कर्फ्यु हटाउनु र सडक खोल्नु शान्ति नभएको दावी

  • मङ्लबार, साउन १९, २०८३
गृहमन्त्रीले मधेशमा गरेको १३ बुँदे सहमतिप्रति कांग्रेसको प्रश्न, कर्फ्यु हटाउनु र सडक खोल्नु शान्ति नभएको दावी

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद निश्कल राईले शान्ति भनेको कर्फ्यु हटाउनु र सडक खोल्नु मात्र नभएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सुनसरी घटनाबारे बोल्दै सांसद राईले नागरिकको मनबाट डर हटाउनु, न्यायप्रति विश्वास जगाउनु र एक समुदायले अर्को समुदायलाई पुनः छिमेकीको रुपमा हेर्न सक्नु नै शान्ति भएको बताए ।

उनले सरकार र आन्दोलनरत एउटा पक्षबीच भएको १३ बुँदे सहमतिले गम्भीर प्रश्न उठाएकोप्रति पनि प्रश्न गरे । उनले आफू कुनै पनि पक्षको मागलाई पूर्वाग्रहपूर्वक अस्वीकार गर्न नचाहने बताउँदै सांसद राईले तर, धर्म, राज्यको संवैधानिक चरित्र, नागरिकता र धार्मिक संस्था र आयोगहरुसँग सम्बन्धित विषयहरु कुनै एक पक्षसँग गरिएको सहमतिबाट मात्र निष्कर्ष पुग्न सक्ने सामान्य विषय नभएको दावी गरे ।

उनले सुनसरी लगायतका स्थानमा भएका घटनाको निष्पक्ष अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत घृणा र झुटा सूचना फैलाउने माथि कानून अनुसार कारबाही गर्न माग गर्दै उनले कुनै धर्म वा समुदायलाई सामूहिक रूपमा शंकाको घेरामा नराख्न आग्रह समेत गरे ।

सम्बन्धित समाचार