AarthikBikash
शुक्रबार, भदौ ५, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बासुदेव खोलामा बेपत्ता सुमित्राको शव तीन दिनपछि फेला

बासुदेव खोलामा बेपत्ता सुमित्राको शव तीन दिनपछि फेला

  • शुक्रबार, भदौ ५, २०८३
बासुदेव खोलामा बेपत्ता सुमित्राको शव तीन दिनपछि फेला

हेटौँडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ बासुदेव खोलाले बगाएर बेपत्ता ११ वर्षीया सुमित्रा ब्लोनको शव घटना भएको तीन दिनपछि आज बिहान फेला परेको छ।

साउन २ गते साँझ निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट घर फर्कदा लच्का तर्ने क्रममा चार बालिकालाई बासुदेव खोलाले बगाएको थियो।

यसअघि ८ वर्षीया रोशनी स्याङतान घटनास्थलबाट करिब ५ सय मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला परेकी थिइन् । अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

१२ वर्षीया बिनिता ब्लोनको शव पनि घटनाको भोलिपल्ट फेला परेको थियो ।

घटनामा १३ वर्षीया सीमा ब्लोन भने आफैं खोलाबाट निस्कन सफल भएकी थिइन् । उनको उपचार भइरहेको छ। उनीहरु सबै राक्सिराङ-१, मकवानपुरका हुन् ।

अघिल्लो समाचार

Juegos Casino Móvil Online En Es 2026
Juegos Casino Móvil Online En Es 2026

सम्बन्धित समाचार