AarthikBikash
शुक्रबार, भदौ ५, २०८३
  • होमपेज
  • राजनीति
  • बञ्चरेडाँडा फोहोर व्यवस्थापन बैठकमा आशिका र मेयरहरुबीच चर्काचर्की, आक्रोशित हुँदै बाहिरिइन्

बञ्चरेडाँडा फोहोर व्यवस्थापन बैठकमा आशिका र मेयरहरुबीच चर्काचर्की, आक्रोशित हुँदै बाहिरिइन्

  • शुक्रबार, भदौ ५, २०८३
बञ्चरेडाँडा फोहोर व्यवस्थापन बैठकमा आशिका र मेयरहरुबीच चर्काचर्की, आक्रोशित हुँदै बाहिरिइन्

काठमाडौं – बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न आयोजित बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ र उपत्यकाका मेयरहरूबीच चर्काचर्की भएको छ।

सिंहदरबारमा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले काठमाडौं उपत्यकासहित फोहोर प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग छलफल गर्न बैठक बोलाएका थिए। भौतिक पूर्वाधारमन्त्री अस्वस्थ भएपछि उनको आयोजनामा हुने भनिएको बैठक सञ्चारमन्त्री तिमल्सिनाले आयोजना गरेका हुन्। बैठकमा ९ जना नगरप्रमुख सहभागी थिए।

सुरुवातमा विभिन्न नगरप्रमुखले आफ्ना धारणा राखेका थिए। टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले आफ्नो भनाइ राखेर बैठकबाट बाहिरिन खोजेपछि सांसद तामाङले आपत्ति जनाएकी थिइन्।

‘अस्तिको बैठकमा जम्मा तीन जना मेयर आउनुभयो। आज पनि नौ जना मात्रै आउनुभएको छ। त्यही पनि तपाईंहरूलाई हिँड्नै हतार छ। यसरी कसरी हुन्छरु’ भन्दै तामाङले आपत्ति जनाएपछि बैठकमा विवाद सुरु भएको थियो।

विवादका क्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले तामाङको शैली आक्रामक भएको भन्दै आपत्ति जनाए। उनले बञ्चरेडाँडा र उपत्यकाको फोहोर व्यवस्थापनको समस्या बुझ्न यसको इतिहास अध्ययन गर्न आग्रह गरे।

महर्जनले सन् २०११ मा फिनिस कम्पनी र सरकारबीच भएको फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता अझै महत्वपूर्ण रहेको भन्दै त्यसको पृष्ठभूमि नबुझी मेयरहरूसँग विवाद गरेर समस्या समाधान नहुने बताए।

त्यसपछि तामाङले सबै मेयर बैठकमा उपस्थित हुनुपर्ने बताइन्। जवाफमा महर्जनले उनको प्रस्तुति आक्रामक भएको र यस्तो शैलीमा बैठक सञ्चालन हुन नसक्ने बताए।

विवाद चर्किँदै गएपछि तामाङ आक्रोशित हुँदै आफ्नो ब्याग लिएर बैठकबाट बाहिरिएकी थिइन्। बाहिरिने क्रममा उनले अब अर्को छलफल बञ्चरेडाँडामै गर्ने बताएकी छन्। बञ्चरेडाँडा तामाङको निर्वाचन क्षेत्र धादिङ–१ अन्तर्गत पर्छ।

तामाङ बाहिरिएपछि मेयर महर्जनले बैठकमा कटाक्ष गर्दै ‘उहाँको जाने नै बानी छ कि जहिले पनि’ भनेका थिए।

मेयर महर्जनले आफू चारवटा जरुरी बैठक छाडेर छलफलमा आएको भन्दै बैठकमै जनप्रतिनिधिको मानमर्दन स्वीकार्य नहुने भन्दै बैठकको संयोजनप्रति सञ्चारमन्त्रीसमक्ष समेत असन्तुष्टि पोखेका थिए।  ।

यसअघि केही दिनयता प्रतिनिधिसभा बैठकमा मन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै बैठक छाडेर हिँडेको घटनाका कारण तामाङ चर्चामा थिइन् ।

त्यसपछि सञ्चारकर्मीसँग दिएको अभिव्यक्तिलाई लिएर समेत उनको आलोचना भएको थियो । रास्वपा सभापति रवि लामिछानेले बुधबार उनलाई सचेत समेत गराएका थिए ।

त्यसपछि आशिकाले आफ्नो कार्यशैली र अभिव्यक्तिलाई लिएर भइरहेको आलोचनापछि आगामी दिनमा थप भद्र, अनुशासित र मर्यादित बन्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

तर, आज पनि आशिका उपत्यकाका मेयरहरुबीच झगडा परे रिसाएर बैठक नै छोडेर हिँडेकी थिइन्।

आशिका बैठक छोडेर हिँडपछिे मेयर महर्जनले बैठकको अध्यक्षता गर्ने व्यक्तिले छलफललाई नियन्त्रणमा राख्न सक्नुपर्ने भन्दै कटाक्ष पनि गरेका छन् ।

‘बैठकमा पूर्वाधारमन्त्रीज्यू आउनुहुन्छ भनेर  चार वटा जरुरी मिटिङ छोडेर आए । तर यहाँ हामीलाई बोलाएर मानमर्दन गरियो । हु द हेल रु यस्तो स्वीकार्य छैन । सभापतित्व ग्रहण गर्नेले कन्ट्रोल गर्न सक्नुपर्छ,’  उनले भनेका थिए ।

सम्बन्धित समाचार