AarthikBikash
शुक्रबार, भदौ १२, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • बाढी प्रभावित जलविद्युत आयोजनामा डेडिकेटेड हेलिकप्टर उडाने तयारी

बाढी प्रभावित जलविद्युत आयोजनामा डेडिकेटेड हेलिकप्टर उडाने तयारी

  • शुक्रबार, भदौ १२, २०८३
बाढी प्रभावित जलविद्युत आयोजनामा डेडिकेटेड हेलिकप्टर उडाने तयारी

काठमाडौं – रसुवामा आएको बाढीका कारण प्रभावित भएका जलविद्युत आयोजनाहरूमा फसेकाहरूको उद्धार गर्न आज डेडिकेटेड हेलिकप्टर उडाइने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक प्रबन्ध निर्देशक दीर्घायु कुमार श्रेष्ठले जलविद्युत आयोजनामा छुट्टै एउटा हेलिकप्टर उडाउन लागिएको जानकारी दिए ।

‘आजदेखि एउटा डेडिकेटेड हेलिकप्टर उडाने तयारी गरिरहेका छौँ । यसका लागि समन्वय भइरहेको छ । जलविद्युत आयोजनाका कर्मचारीसँगै त्यहाँ कोही स्थानीय भए उनीहरूको पनि उद्धार गर्नेछौँ’, उनले भने ।

कतिपय आयोजनाहरूको टनेलमा छिर्ने ठाउँमा माटोको थुप्रो भएकाले विभिन्न जलविद्युत आयोजनाहरूको सुरुङमा डोजर चलाउने तयारी भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार प्राधिकरणले बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारलाई तीव्रता दिएको छ । आज उद्धारका लागि आवश्यक सामग्री, उपकरण र जनशक्तिसहित काठमाडौंबाट प्रभावित क्षेत्रतर्फ पठाइएको छ ।

विशेषगरी नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धार र शान्ति बजार क्षेत्रमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न उद्धार टोली परिचालन गरिएको छ ।

अघिल्लो समाचार

Regulation Of Casino Gambling In Canada
Regulation Of Casino Gambling In Canada

सम्बन्धित समाचार