AarthikBikash
बिहिबार, अशोज १, २०८३
  • होमपेज
  • राजनीति
  • राष्ट्रसंघ महासभामा जाने तयारीबारे परराष्ट्रमन्त्रीले दिए संसदीय समितिलाई जानकारी

राष्ट्रसंघ महासभामा जाने तयारीबारे परराष्ट्रमन्त्रीले दिए संसदीय समितिलाई जानकारी

  • बिहिबार, अशोज १, २०८३
राष्ट्रसंघ महासभामा जाने तयारीबारे परराष्ट्रमन्त्रीले दिए संसदीय समितिलाई जानकारी

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अर्को साता संयुक्त राज्य अमेरिका जाने बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै खनालले आफू पनि सहभागी हुने प्रतिनिधिमण्डल प्रधानमन्त्रीको नेतृत्वमा महासभामा जाने जानकारी दिएका हुन्।

उनले महासभामा नेपालको राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध तथा समसामयिक विश्व मुद्दासँगै जलवायु परिवर्तनका विषय उठाइने बताए।

‘राष्ट्रसंघको महासभा अर्को हप्तादेखि सुरु हुँदैछ र नेपालको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा म लगायत एउटा प्रतिनिधिमण्डल अर्को हप्ता संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन नेपालबाट प्रस्थान गर्दैछ,’ उनले भने।

समितिको बैठकमा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको जोखिम, जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायु वित्तलगायत विषयमा विज्ञहरूसँग छलफल भएको थियो।

खनालले महासभामा नेपालको सहभागिता अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रिय हित तथा कूटनीतिक प्राथमिकता प्रस्तुत गर्ने अवसरसमेत हुने बताए।

सम्बन्धित समाचार