AarthikBikash
शुक्रबार, अशोज २, २०८३
  • होमपेज
  • समाज
  • रामजानकी मन्दिर संरक्षित स्मारक क्षेत्र घोषणा

रामजानकी मन्दिर संरक्षित स्मारक क्षेत्र घोषणा

  • शुक्रबार, अशोज २, २०८३
रामजानकी मन्दिर संरक्षित स्मारक क्षेत्र घोषणा

जनकपुरधाम – सरकारले जनकपुरधामस्थित रामजानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेको छ।

विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने लक्ष्यअनुसार सरकारले मन्दिर क्षेत्रलाई संरक्षित स्मारकका रूपमा अघि बढाएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को बैठकले प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेको हो।

मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाका अनुसार मन्दिर क्षेत्रको चार किल्ला निर्धारण गरी संरक्षित क्षेत्र घोषणा गरिएको छ। पूर्व, पश्चिम, उत्तर र दक्षिणतर्फका सडक तथा परिक्रमा पथलाई यसको सीमाभित्र समेटिएको छ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै संरक्षित क्षेत्र घोषणा गरेको जानकारी दिएको हो। अब उक्त क्षेत्रमा भवन निर्माणलगायतका गतिविधिमा तोकिएका मापदण्ड लागू हुनेछन्।

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने नेपालको लक्ष्य रहेकाले त्यसका लागि आवश्यक प्रक्रियाअन्तर्गत संरक्षित स्मारक क्षेत्र घोषणा गरिएको मन्त्रालयले जनाएको छ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा समेत जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषय समेटेको छ।

सम्बन्धित समाचार