काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज अमेरिका प्रस्थान गर्दैछन् । उनी आज अपराह्न संयुक्तराज्य अमेरिकातर्फ प्रस्थान गर्न लागेका हुन् ।
संयुक्त राष्ट्र संघको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री शाह १४ सदस्यीय टोलीसहित अमेरिका जाने कार्यक्रम छ । उनले महासभामा असोज ८ गते सम्बोधन गर्ने तालिका छ।महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली गत आइतबारै न्युयोर्क प्रस्थान गरिसकेको छ।
प्रधानमन्त्री शाहले नेपालमा बढ्दै गएको जलवायु संकट र त्यसमा नेपालले पाउनुपर्ने न्याय, प्रविधि हस्तान्तरण, जलवायु वित्तमा सहज पहुँच तथा पुननिर्माणमा अन्तर्राष्ट्रिय सहयोग जस्ता विषयलाई प्राथमिकतामा राखेर महासभालाई सम्बोधन गर्ने तयारी गरेका छन् ।