AarthikBikash
शुक्रबार, अशोज ९, २०८३
  • होमपेज
  • समाज
  • आज नेपालगन्ज–पोखरा–भैरहवामा चट्याङसहित भारी वर्षाको चेतावनी

आज नेपालगन्ज–पोखरा–भैरहवामा चट्याङसहित भारी वर्षाको चेतावनी

  • शुक्रबार, अशोज ९, २०८३
आज नेपालगन्ज–पोखरा–भैरहवामा चट्याङसहित भारी वर्षाको चेतावनी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले शुक्रबार देशका प्रमुख सहरमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । पश्चिम नेपालका केही सहरमा भारी वर्षाको सम्भावना छ ।

विभागका अनुसार दिउँसो नेपालगन्ज, घोराही, पोखरा र भैरहवामा मेघगर्जन तथा चट्याङसहित भारी वर्षा हुनसक्नेछ । पोखरामा वर्षाको सम्भावना १०० प्रतिशत तथा घोराही, नेपालगन्ज र भैरहवामा ९० प्रतिशत रहेको छ ।

काठमाडौं, ओखलढुङ्गा, जुम्ला र ताप्लेजुङमा पनि ९० प्रतिशत सम्भावनासहित मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान छ ।

डडेल्धुरा, दिपायल, धनगढी, वीरेन्द्रनगर, सिमरा, धनकुटा, जोमसोम र जिरीमा वर्षाको सम्भावना ८० प्रतिशत छ । विराटनगर, धरान र जनकपुरमा भने ६० प्रतिशत सम्भावनासहित मध्यम वर्षा हुने विभागले जनाएको छ ।

राति झन् बढ्ने वर्षाको सम्भावना

शुक्रबार राति पनि मौसम थप प्रभावित हुने सम्भावना छ । धनगढी, वीरेन्द्रनगर, नेपालगन्ज, घोराही, पोखरा र भैरहवामा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ ।

पोखरा र जोमसोममा राति वर्षाको सम्भावना १०० प्रतिशत छ । घोराही र जुम्लामा ९० प्रतिशत तथा डडेल्धुरा, दिपायल, धनगढी, वीरेन्द्रनगर र नेपालगन्जमा ८० प्रतिशत सम्भावना रहेको छ ।

काठमाडौं, सिमरा, ओखलढुङ्गा, जिरी र ताप्लेजुङमा ६० प्रतिशत तथा धनकुटा, विराटनगर, धरान र जनकपुरमा ४० प्रतिशत सम्भावनासहित मध्यम वर्षा हुने जनाइएको छ ।

भैरहवामा सबैभन्दा बढी तापक्रम

आज दिउँसो भैरहवाको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियससम्म रहनेछ । जोमसोममा भने अधिकतम तापक्रम १४ देखि १६ डिग्रीसम्म सीमित हुनेछ ।

काठमाडौंमा दिउँसोको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहने पूर्वानुमान छ ।

रातिको न्यूनतम तापक्रम जोमसोममा ८ देखि १० डिग्री सेल्सियससम्म झर्नेछ भने विराटनगरमा सबैभन्दा बढी २२ देखि २४ डिग्री सेल्सियससम्म रहने विभागले जनाएको छ ।

2.webp

सम्बन्धित समाचार