काठमाडौं – मनोहरा खोलामा बाढीको सतह बढेपछि गृहमन्त्री सुधन गुरुङ स्थलगत अनुगमनमा निस्किएका छन्।
गृहमन्त्री गुरुङ केहीबेरअघि च्यासल पुगेका हुन्। उनले नेकपा एमालेको केन्द्रीय कार्यालय नजिकैबाट मनोहरा खोलामा बढेको बाढीको अवस्थाबारे स्थलगत निरीक्षण गरेका छन्।
निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न नदी तथा खोलामा पानीको सतह बढ्दै गएको छ। केही क्षेत्रमा बाढीको जोखिमसमेत बढेको छ।
बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारी निकायले नदी तथा खोला आसपासमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।