AarthikBikash
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • देवदहमा पेस्तोलबाट गोली चल्दा बुटवलका युवक घाइते, तीन जना पक्राउ

देवदहमा पेस्तोलबाट गोली चल्दा बुटवलका युवक घाइते, तीन जना पक्राउ

  • आइतवार, अशोज १८, २०८३
देवदहमा पेस्तोलबाट गोली चल्दा बुटवलका युवक घाइते, तीन जना पक्राउ

बुटवल – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चल्दा बुटवलका एक युवक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार देवदह नगरपालिका–५ मा ४२ वर्षीय दीपक खरेल भनिने दुर्गाप्रसाद खरेलले पेस्तोलबाट एक राउन्ड गोली फायर गरेका थिए।

गोली लागेर बुटवल उपमहानगरपालिका–९, मिलनचोकका २२ वर्षीय रायन खत्री क्षेत्री घाइते भएका छन्।

गोली लाग्दा उनको दाहिने गालाको छाला च्यातिएको प्रहरीले जनाएको छ। खत्रीको देवदह मेडिकल कलेज, भलुहीमा उपचार भइरहेको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले खरेलसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेमा देवदह नगरपालिका–५, मितेरी गाउँका ४२ वर्षीय दीपक खरेल भनिने दुर्गाप्रसाद खरेल, ३८ वर्षीय कमल शर्मा र १८ वर्षीय अमृत खरेल रहेका छन्।

प्रहरीका अनुसार खरेलको साथबाट एक थान पेस्तोल र दुई राउन्ड गोली बरामद भएको छ।

गोली प्रहारको कारण र घटनाको विस्तृत विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

सम्बन्धित समाचार